11 अक्टूबर 2021
एक पुरुषको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी श्रीमती देखि साथीसम्म रहेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीद्धारा आइतबार चार जना अभियुक्तलाई सार्वजनिक गरिएको हो। असोज ११ गते राति साढे ७ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ देविचौर सलेनी सोल्लामा बाग्मती गाउँपालिका प्युटार घर भएको २९ वर्षीय राजकुमार भुलुनको शव फेला परेको थियो। धारिलो हतियारले टाउको र घाँटीमा प्रयोग गरेर हत्या गरेको देखिएको थियो। प्रहरीले मृतकी श्रीमती २८ वर्षीय रजीना भोलुन, साढु भाइ ज्ञान कुमार सिंतान, २५ वर्षीय साली सुनिता सिंतान र मृतको साथी लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलनलाई नियन्त्रणमा लिएको हो। त्यस्तै घटनामा संलग्न मनोज सार्की मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान सार्की हत्या गरेपछि फर्किने क्रममा लडेर मृत्यु भएको खुलेको हो। तर प्रहरीले लडेर एवम् अन्य तरिकाले हत्या भएको अनुसन्धान भइरहेको जनाएका छन। उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।









































