3 फरवरी 2022
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ घर नजिकै रहेको बाँसघारीमा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरीले पक्राउ गरेको हो ।५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीकाले जनाएका छन् । ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेरको हो। इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।









































