दिल्ली, 3 फरवरी 2022
भारतका ४४ वर्षीय हास्य कलाकार सुनील ग्रोवरको बुधबार मुम्बईको एशियन हार्ट इन्स्टिच्युटमा मुटुको शल्यक्रिया गरिएको छ । वेब सिरिजको सुटिङका क्रममा अभिनेताको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ४४ वर्षीय हास्य कलाकारको शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।









































