HomeFeature10 महिनापछि नेपाल-भारत सीमा खुल्ला, भारतसँगका 28 नाका खुल्ला गर्ने निर्णयसँगै सहज...

10 महिनापछि नेपाल-भारत सीमा खुल्ला, भारतसँगका 28 नाका खुल्ला गर्ने निर्णयसँगै सहज ओहोर-दोहोर शुरु

नयाँ दिल्ली, 30 जनवरी 2021

कोभिड महामारीका कारण पछिल्लो 10 महिनादेखि बन्द रहेको नेपाल भारत सीमा खुल्ला भएको छ । जीवनयापनका लागि एक अर्को देशमा निर्भर रहेका दुवै देशका नागरिकहरुको निरन्तर दवाबपछि सीमाहरु खुल्ला भएका छन । भारतबाट पहिल्यै नेपाल-भारत सीमा खोलिएको अवस्थामा नेपाल सरकारले पनि सीमा जोडिएका विभिन्न 28 सडक नाकाहरु खुल्ला गरेको हो ।

जानकारीका अनुसार इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको बीरगंज, कपीलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको खंलगा/पुलाघाट, बैतडीको झुलाघाट, झापाको खजुरगाछी, सुनसरीको भण्टाबारी, सप्तरीको कुनौली, धनुषाको जटही र इनरवा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलगंवा, रैतहटको बंकुल, बाराको मटीअर्वा, बाराको सिम्रौनगढ, पूर्वी नवलपरासीको त्रिवेणी, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको तौलिहवा, दाङको कोइलाबास, बर्दियाको सुरजपुर नाका खोलिएको हो । यसबाहेक सरकारले चीनसँग सीमा जोडिएको रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका पनि खुल्ला गरेको छ ।

गृह मन्त्रालयले सीमा खोल्न जिल्ला प्रशासनहरुलाई पत्र पठाएपछि शुक्रवारदेखि नेपाल-भारत सीमा खुल्ला भएका छन । सीमाहरु खुल्ला भएपछि कैलालीको गौरीफण्टा नाकामा शुक्रवारदेखि भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारत ओहोरदोहोर गरेका छन । अहिले आफ्ना साना नीजि वाहनलाई सीमा खोलिएपनि नेपाल-भारत चल्ने बसहरुलाई भने अनुमति दिइएको छैन । यद्धपी शुक्रवार पहिलो दिन कयौं नाकामा सहज ओहोर-दोहोर गर्न नदिएपनि विस्तारै नाकामा आवत-जावत सुचारु गर्ने सम्बन्धित जिल्ला प्रशासनले बताएका छन । हिजो शुक्रवार सीमा खुलेको जानकारीपछि महेन्द्रनगरको गड्डाचौकी नाका पुगेका कयौं नेपालीहरुलाई फिर्ता पठाइएको थियो । तर जिल्ला प्रशासन कार्यालयले भने नाका खुला गर्न आन्तरीक तयारीमा जुटेको र केहीदिनमा सहज रुपमा आवतजावत हुने जनाएको थियो।

कैलालीको गौरीफण्टा नाकामा भने हिजोदेखिनै मोटरसाईकल लगायत साना वाहनहरु चलिरहेको बताइएको छ । त्यसैगरि अन्य कयौं नेपाल भारत सीमामा पनि ओहोर-दोहोर गर्न दिइएको छ ।

यद्धपी नेपाल भारत सीमा केही महिनादेखि नेपालीहरुको आवत-जावत हुन दिएपनि कडा चेकजाँच र वैध कागजपत्र देखाएर मात्र आउन-जान दिइन्थ्यो । सरकारले औपचारिक रुपमा पत्र पठाएर सीमा खोल्न निर्देश दिएपछि रोजगारीका लागि भारत आउने नेपालीहरुलाई आवत जावत गर्न सहज हुनेछ । गत 14 जनवरीमा भएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला उहाँले अब नेपाल-भारत सीमा विस्तारै खोल्दै जाने सहमति भएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...