गुजरात, 28 सेप्टेम्बर 2020
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको सम्पर्क कार्यलय गुजरातको डुङगरा वापी पुर्वमा खुलेको छ । मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको सम्पर्क कार्यलय विविध कारणले 2 वर्षदेखि राखिएको थिएन । कार्यालयको मूल प्रवाह केन्द्रीय समिती सदस्य एवं पश्चिम भारत क्षेत्रका पुर्ण कालीन पेशेवर नेता गोविन्द बहादुर थापाले उदघाटन गर्नुभयो ।
सम्पर्क कार्यालय नहुँदा प्रवासी नेपालीहरुलाई पनि आफ्ना समस्या राख्न असहज भएको, मूल प्रवाहको दैनिक कार्य एवं विभिन्न बैठक र केन्द्रीय स्तरबाट आउने नेताहरुलाई बस्ने व्यवस्था गर्न पनि गाऱ्हो भएपछि हिजोदेखि कार्यालय पुःन सञ्चालनमा ल्याइएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले बताउनुभयो । अध्यक्ष बेद बहादुर कार्की, कोषाध्यक्ष श्रीधर शर्मा र केन्द्रीय सदस्य एवं पेशेवर गोविन्द बहादुर थापालाई कार्यालय व्यवस्थापनको जिम्मा दिइएको जनाइएको छ । क्षेत्रीय समितिले पश्चिम भारत क्षेत्रका सबै नगर समिति र सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई आवश्यक भए अनुसार सम्पर्क गर्न अपील गरेको छ ।
मूल प्रवाहको पाँचौ क्षेत्रीय सम्मेलन पश्चात वापी चाररस्तामा 2 वर्ष सम्पर्क कार्यलय सञ्चालन भएको थियो । तत्कालिन समयमा सुरत मिनिबजारमा सुरत नगर कार्यालय पनि संचालित थियो । 2 वर्ष अघि दुवै कार्यालयहरु विभिन्न कारणले बन्द हुन पुगेको कार्यालयले जनाएको छ ।









































