HomeFeature3 महिनासम्म बन्द रहेको बैतडीको झुलाघाट नाका आजदेखि 3 दिन खुल्ला

3 महिनासम्म बन्द रहेको बैतडीको झुलाघाट नाका आजदेखि 3 दिन खुल्ला

बैतडी, 8 जुलाई 2020, हिम शाह

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ३ दिनका लागि खुलेको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

कोरोना भाईरसको जोखिमका कारण अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खोलिएकोो हो ।

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खुुला भएको हो  । आज बिहान ९ बजेदेखि नाका खुला भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने छ । त्यसका लागि जेष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ ।
यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ ।

सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भएपनि भारतले सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन् । लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

३ महिनादेखि सीमा नाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो । भारतीय सेनाबाट सेवा निवृत भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो । भारतीय पेन्सनधारीको पेन्सनवाफतको पैसा भारतीय बैंकमै आउने गर्दछन् ।

जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिना यता पेन्सन नपाएको हुन् ।
बैतडीबाट मात्रै करीब २ हजार बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...