पुणे, 7 जुलाई 2020
नाबालिक उमेरमा गरेको ठूला-ठूला गल्तिलाई पनि माफ गर्ने कानून रहेतापनि भारतको महाराष्ट्र राज्यको पुणेमा एक नेपाली नाबालिकमाथि लागेको चोरीको आरोपका कारण उनकै ससुराले निर्ममतापूर्वक कुटपिट गरेका छन । यतिमात्रै नभएर ती 15 वर्षीय किशोरीलाई कुटपिट गरेको भिडियो बनाएर उनका माइति पक्षलाई पठाइपछि यो खबर सामाजिक संजालमा फैलिरहेको छ ।
आउनुहोस यो पुरै घटना के हो, बुझौं,
महाराष्ट्र राज्यको पुणेस्थित सेवाजी नगर, प्रभात रोडमा बस्ने अछाम जिल्लाको मंगलसेन वडा नम्बर 7 लाछिमनाका स्थायी बासिन्दा कालु लोहारले आफ्नी 15 वर्षकी बुहारीलाई कुटपिट गरेको उजुरी केटीका दाईले दिएपछि कानूनी कारवाही अगाडी बढेको छ ।
सामाजिक संजालमा भाइरल बनेको भिडियोमा सबैभन्दा पहिला एक अध्यारो कोठामा ती 15 वर्षकी किशोरीलाई थुनेर राखिएको देख्न सकिन्छ । त्यसपछि कोठाको बत्ती बालिन्छ र कालुसिंहले कमरपेटीले किशोरीलाई निर्ममतापूर्वक कुटिरहन्छन। यद्धपी यो क्षणमा किशोरीकी सासुले आफ्नो श्रीमानलाई रोक्ने प्रयास गर्छिन तर उनि भने आफ्नै पत्नीलाई पनि कुट्लाझै गर्छन र फेरी बुहारीलाई कुटिरहन्छन ।
जानकारीका अनुसार यो पुरै घटनाको भिडीयो उनकै श्रीमानले बनाइरहेका थिए।
यो भिडीयो किशोरीका दाईलाई पठाइएपछि दिल्लीमा काम गर्ने सामाजिक संगठन किन नेपाल र बालबालिकाको हितमा काम गर्ने सामाजिक संगठन बटरफ्लाईजका कार्यक्रम प्रमुख जेबी ओलीको पहलमा कारवाही अगाडी बढेको छ ।
हेर्नुहोस भिडीयो
किशोरी केवल 15 वर्षकी छिन, उनि अपार्टमेन्टमा काम गर्न गएका बेला चोरी भएको घटनाले उनलाई कुटिएको हो । कानूनमा नाबालिकले अपराध गरेकै भएपनि उनलाई सुधार्ने तर्फका दण्ड गर्ने गरिन्छ। तर आफ्नै पारिवारिक सदस्य त्यो पनि किशोरीमाथि गरिएको अमानवीय व्यवहारका कारण सामाजिक सञ्जालमा कानूनी कारवाहीको माग गरिएको छ ।









































