कञ्चनपुर, 3 अप्रेल/ हिम शाह
भारतमा लकडाउनका कारण पेट पाल्न कसैसँग मागेर खान भन्दा नेपाल गएर बस्ने भन्दै हिँडेका नेपालीहरु भारतीय सीमामै अलपत्र परेका छन । नेपाल सरकारले सीमा नखोल्दा भारतीय प्रशासन सामू घुँडा टेक्न बाध्य नेपालीहरु अहिले त्यसैकारण अपमानित हुनु परेको छ ।
कञ्चनपुरसँग सीमा जोडिएको बनबसा नाकामा क्वारेन्टाइनमा रहेका 1 सय 15 जना नेपालीहरू अहिले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहन बाध्य भएका छन ।
कञ्चनपुरसँग सीमा जोडिएको बनबसा नाकामा 1 सय 15 जना नेपालीहरू क्वारेन्टाइनमा छन्। भारतको बनबसामा रहेको आँप बगैंचा नजिकको शारदा इन्टर कलेजको एकै कोठामा 30 जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। तर भारतका सीमावर्ती सहरमा क्वारेन्टाइनमा बसेका नेपाालीहरू एकै कोठामा खाँदाखाँद बसेका छन्।
उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काम गर्ने उनीहरू भारतमा लकडाउन भएर उनिहरू काम गर्ने होटल कलकारखाना तथा उद्योग व्यवसाय बन्द भएपछि पैदलै सीमा नाकासम्म आएको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।
कैलालीको गोदावरी नगरपालिका–11 ओलानीका गणेश विकले बनबसा क्वारेन्टाइनमा सुरक्षाकर्मीको दुर्व्यवहार सहनु परेको बताए। ‘तुम्हारे नेपाल मैं हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाई उद्धृत गर्दै भने, ‘तुम लोग आपने सरकार से बोलो ना नेपाल जाने के लिए।’ भारतीय सुरक्षाकर्मीहरूको दुर्व्यवहारले हैरान भएको उनले दुखेसो पोखे।









































