काठमाण्डौँ, 11 मे 2020
चीेनले कोरोना भाइरस (कोभिड-19) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई 40 हजार पीसीआर टेस्ट किट सहयोग गरेको छ। उक्त स्वास्थ्य सामग्री सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो।
चीनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीमा 40 हजार थान पीसीआर किट, 20 हजार थान एन 95 मास्क, 8 लाख सर्जिकल मास्क, 10 हजार थान डिस्पोजेबल कभरअल र 10 हजार थान चस्मा आदि रहेका छन्।
चीनले हिमालय एयरलाइन्सबाट गत शुक्रबार र शनिबार गरी 2 लटमा उक्त स्वास्थ्य सामग्री नेपाल पुर्याएको हो।









































