काठमाण्डौँ, 11 मे 2020
यूएई सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाण्डौँ पुर्याईदिने भन्दै नेपाल सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराउनुुभएको थियो।
उहाँका अनुसार यूएईले 2 वटा विमानमा नेपाली कामदारहरुलाई पुर्याउने भन्दै पत्र पठाएको छ। त्यस्तै नेपालले तत्काल 2 लाख 10 हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले यो तथ्यांक सार्वजनिक गर्नुभएको हो। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिको संख्याबारे एक अध्ययन गरेको थियो। उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा 5 लाख 88 हजार 7 सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताउनुभयो।
जसमध्ये भारतबाट मात्र 2 लाख 50 हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उहाँको भनाई छ।









































