HomeFeatureयुटिलिटी करिडोरको काम तत्काल कार्ययोजना बनाएर अघि बढाउन सरकारलाई सांसदहरुको सुझाव

युटिलिटी करिडोरको काम तत्काल कार्ययोजना बनाएर अघि बढाउन सरकारलाई सांसदहरुको सुझाव

काठमाण्डौँ, 10 फरवरी 2020

तत्काल कार्ययोजना बनाएर युटिलिटी करिडोरको काम अघि बढाउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सांसदहरुले युटिलिटी करिडोर अगाडी बढाउने विषयमा बैठक बसेर निर्णयहरु भएपनि कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै तत्काल कार्ययोजना बनाएर अगाडी बढ्न सुझाव दिएका हुन्। सांसद टोप बहादुर रायमाझीले युटिलिटी कार्यक्रमका लागि निर्णय मात्रै गरेर नहुने भएकाले ‘मास्टर प्लान’ नै बनाएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। यो कार्यक्रमका लागि काठमाडौं सहर उपयुक्त नहुने उल्लेख गर्दै रायमाझीले ‘१३ फिटे बाटो छोडेर प्लटिङ घर बनाउँछौँ भने युटिलिटी करिडोर कसरी सञ्चालनमा आउँछ ?’ भनि प्रश्न गर्नुभयो।

सांसद गणेश पहाडीले कार्यान्वयनको महत्वपूर्ण विषय कानून निर्माण भएकाले तत्काल युटिलिटी करिडोर सम्बन्धि कानून ल्याउने तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो। सहरी विकास मन्त्रालयले फास्ट ट्रयाकबाट कानून ल्याएर कार्यान्वयन तर्फ अगाडी बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो।

सांसद यज्ञ सुनुवारले खानपान देखि संविधान र ऐन, कानून बनाउने कुरामा विदेशीको नक्कल हुने भएपनि भौतिक पूर्वाधारका सन्दर्भमा त्यसो हुन नसकेको भन्दै ब्यंग्य गर्नुभयो। उहाँले भौतिक पूर्वाधार निर्माणमा उर्जा, भौतिक पूर्वाधार, खानेपानी, सहरी विकास मन्त्रालयका इन्जिनियरहरु कमजोर त छैनन ? भन्दै प्रश्न समेत गर्नुभयो।

सांसद राम बहादुर विष्टले कति समय लगाएर निर्माण सम्पन्न गर्न सकिने ? कति खर्च लाग्ने ? भन्ने कुरा निश्चित हुन जरुरी रहेको बताउनुभयो। काम सुरु गरेर लथालिंग छोडेपछि काठमाडौ. सहर अहिले भन्दा झन कुरुप देखिने तर्फ सचेत गराउँदै विष्टले कोरिडोर निर्माणको खर्च धन्न सकिने नभए काम अगाडी बढाउन राम्रो नहुने धारणा राख्नुभयो।

सांसद महेन्द्र राय यादवले युटिलिटी करिडोर सम्बन्धि कानून अबिलम्ब बनाएर कार्यान्वयनमा जान्छ की जाँदैन भन्दै प्रश्न गर्नुभयो । समयमै काम सम्पन्न भएमा आर्थिक बचत हुने र राष्ट्रलाई काम गर्न सजिलो हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

सडकको दायाँ बायाँ पानी, विजुली, टेलिफोन, केवल  लगायतका तारहरु भूमिगत गर्नका लागि युटिलिटी करिडोरको अवधारणा अघि सारिएको हो। तर आवश्यक कानुन बन्न नसक्दा काम अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...