HomeFeatureदार्जीलिङका नाटककार टेम्बो लेप्चाको आज विहान निधन

दार्जीलिङका नाटककार टेम्बो लेप्चाको आज विहान निधन

सिलगढी, ४ मार्च, रुबेन गुरुङ

दार्जीलिङका ख्यातिप्राप्त नाटककार अनि निर्देशक टेम्बो लेप्चाको निधन भएको छ । थुप्रै नाटकहरूमा अभिनय गर्नु भएका लेप्चाको मनबहादुर मुखियाको अनि देउराली रुन्छ, शिवकुमार राईको फ्रन्टियर लगायत मोनिका जस्ता महत्वपूर्ण नाटकमा अभिनय गर्नुभएको थियो । फ्रन्टियर नाटक दार्जीलिङ, खरसाङ, कालेबुङ, सिक्किम अनि काठमाडौंमा मञ्चन गरिएको थियो। यो नाटक हेर्न काठमाडौंमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला 10 मिनेटका लागि आउनु भएको थियो। तर पुरै नाटक हेर्नुभएको थियो । नाटकबाहेक लेप्चाले चलचित्र सूनको हारी पनि निर्माण गर्नु भएको थियो, जुन दिल्ली दूरदर्शनबाट प्रसारित गरिएको थियो। उहाँको दोस्रो प्रोजेक्ट रातभरी हुरी चल्यो निर्माण भइरहेको थियो। जुन अब अधुरो रहेको छ। पेन्सिल आर्ट खुबै राम्रो बनाउने लेप्चाका धेरै कविताहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन्। त्यसैगरि उहाँले गीतहरू पनि उतिकै राम्रा लेख्नु हुन्थ्यो। स्व. लेप्चा मधुमेहको रोगले पीडित हुनुहुन्थ्यो। यसैबीचमा उहाँ अचनाक लडेपछि सिलगढीको एउटा नर्सिङ्ग होममा उपचार चलिरहेको थियो। जहाँ आज बिहान उहाँले अन्तिम श्वास लिनुभएको थियो। उहाँको पार्थिव शरीरलाई भोलि ५ मार्चको दिन ईशाई रीतिबाट अन्त्येष्टि गरिनेछ। टेम्बो लेप्चाको निधनमा दार्जीलिङ र अन्य ठाउँका नाटक-प्रेमीहरूमा शोकको लहर छाएको छ। अर्कोतिर दार्जीलिङको हिमालयन थिएटर, दार्जीलिङ थिएटर ग्रुप, गौरी शङ्कर कला संस्थान,  सिलगढीको नटराज कला केन्द्र, पृष्ठभूमि कला संस्थान, चम्पासरी युवा नाट्य समूह,  हरिभक्त कटुवाल प्रतिष्ठान, आर्नोवा, डा. किङ्ग गुनु घर्ती फाउन्डेशन आदिबाट लेप्चाको आत्मिक शान्तिको कामना गर्दै शोकाकुल परिवारमा यस्तो बज्रपात सहने शक्ति ईश्वरबाट प्राप्त गरून् भनी कामना गरिएको छ । यसरी नै नाटककार मुक्ति उपाध्याय बरालले पनि लेप्चाको आत्माले चिर शान्ति पाउन् भनी कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...