HomeFeatureकोरोना भाइरसको संक्रमण रोक्न क्वारेन्टाईनलाई कडाईका साथ लागु गर्ने नेपाल सरकारको निर्णय

कोरोना भाइरसको संक्रमण रोक्न क्वारेन्टाईनलाई कडाईका साथ लागु गर्ने नेपाल सरकारको निर्णय

काठमाण्डौ, 31 मार्च

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ । कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने रणनीति लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाईनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताउनुभयो । त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामाग्री को पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

उहाँले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुयो । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना विरामीको नमुना परीक्षण को रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उहाँले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले ज्वरोका विरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था श्रृजना हुने तर्फ सजग हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “ज्वरोको विरामी देख्ने वित्तिकै डराउने प्रवृत्ति रहेको छ । ज्वरोका विरामीलाई नहेरिदिंदा थप जटिलतामा जाने र मृत्यु पनि हुन सक्ने हुन्छ । त्यसैले ज्वरोको विरामीलाई नहेर्ने काम नगरिदिनुहुन अनुरोध छ । ज्वरो लगायत कोरोनाका लक्षण देखिएका विरामीलाई अस्पतालहरुले नहेर्ने विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गम्भीरता पुर्वक हेरेको छ । ”

उहाँले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमि नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले कोरोना भाइरस संक्रमणका नया आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सर्तकता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरुसंग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार, कोरोना संक्रमणको स्वाव परीक्षण गर्नका लागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको छ । पोखरामा परीक्षण सुरु हुने क्रममा,धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जादै रहेको तथा हेटौडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाईएको छ ।

प्रवक्ता देवकोटाले मंगलबार सम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिनुभयो । अहिले सम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । पिपिइ लगाएर स्वास्थ्यकर्मीले सामुहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपुर्ण सामाग्रीको गतल ढंगले प्रयोग नगर्न पनि उहाँले सुझाव दिनुभयो । ५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उहाँले त्यस्ता भ्रमपुर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गर्नुभयो । कोरोना संक्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्ने दुविधाका कुरा आएको उल्लेख गर्दै उहाँले सामाजिक दुरी कायम गरेर खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पार्नुभयो । चिकित्सक र नर्सलाई घरपटीहरुले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै उहाँले त्यस्तो भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...