HomeFeatureकोरोना जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड बढी जम्मा

कोरोना जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड बढी जम्मा

धनगढी, 1 अप्रेल/ हिम शाह

सुदूरपश्चिम सरकारले खडा गरेको कोरोना भाईरस जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार ५ सय ५१ रुपैँया जम्मा भएको छ। कोषमा प्रदेश सरकारको ४० करोडसमेत गरी हालसम्म उक्त रकम जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभएको छ। मन्त्री बोहराले फेसबुक पेजबाट लाईभ दिदै कोषमा हालसम्म जम्मा भएको रकमबारे जानकारी दिनुुुभएको हो।

उहाँका अनुसार कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैँक लिमिटेडले १० लाख, सिटिजन्स बैँकले ७ लाख, कृषि विकास बैँक र नेपाल बैँक लिमिटेडले समान ५/५ लाख रकम सहयोग गरेको छ। यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार ५ सय ५१ रुपैयाँ जम्मा गरेको मन्त्री बोहराले बताउनुभएको छ। केही बैँक तथा वित्तिय संस्थाले समेत सहयोग घोषणा गरेका छन्। घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाख बढि रकम जम्मा हुने उहााँले बताउनुुुभयो।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि छुट्टै कोष खडा गरेको हो। धनगढीको राष्ट्रिय वाणिज्य बैँकमा खडा गरिएको कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत सहयोग रकम जम्मा गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...