HomeFeatureदिल्लीको मुस्लिम धर्मको भेलामा 93 जना कोरोना संक्रमित, भेलामा 19 जना नेपाली...

दिल्लीको मुस्लिम धर्मको भेलामा 93 जना कोरोना संक्रमित, भेलामा 19 जना नेपाली मुस्लिम पनि

नयाँ दिल्ली, 31 मार्च, खुम गुरुङ

भारतमा कोरोना महामारीको लडाईमा मुस्लिम समूदायको एक गुट तबलिगी जमात ठूलो चुनौतिका रुपमा रहेका बेला त्यसको असर नेपालमा पनि पर्ने भएको छ । दिल्लीस्थित निजामुद्दीनमा रहेको मरकजमा 93 जना कोरोना संक्रमित भएको पुष्टी भएको छ । विदेशबाट आएका सहित बाक्लो संख्यामा रहेका मुस्लीम समूदाय भेला भएको सो धार्मिक भेलामा करिब 19 जना नेपाली मुस्लिमहरु पनि रहेको खुल्न आएको छ। सरकारको जानकारी बिना जारी रहेको सो भेलाको बारेमा जानकारी पाएपछि भारत सरकारले कारवाही थालेको थियो । 1 मार्चदेखि 15 मार्चसम्म चलेको सो धार्मिक कार्यक्रममा भारतका विभिन्न ठाँउ र इण्डोनेसिया र मलेसियाबाट आएका 15 भन्दा धेरै मुस्लिम धर्मावलम्वीहरु निजामुद्दीनको मरकजमा भेला भएका थिए । त्यसमा नेपालीहरु पनि शामेल रहेका छन । अहिलेसम्म मरकजमा 93 जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने बाँकी सहभागीहरुको पनि परीक्षण भइरहेको छ । अहिले सम्म कुनै नेपाली मुस्लिम संक्रमित भए/ नभएको पुष्टी भएको छैन । तर भेलामा रहेका अधिकांशमा यस्तो संक्रमण पाइसकेकाले उनिहरुलाई पनि निगरानीमा राखिएको छ । जानकारीका अनुसार उनिहरुले लकडाउनपछि 4/5 दिन अघिदेखि नेपाल फर्किने प्रयास गरिरहेका थिए । 4 जनाको संख्यामा रहेका पोखराका नेपालीहरुले बारम्बार नेपाल फर्किनका लागि केही ट्राभल्सवालाहरुलाई फोन गरेको स्रोतले बताएको छ । आज उनिहरुसँग सम्पर्क गर्दा उनिहरु 19 जनाको संख्यामा रहेका छन ऱ अहिले उनिहरुलाई पनि अस्पतालमा राखिएको छ । उनिहरुले नेपाल फर्किने वातावारण बनाइदिन दिल्लीस्थित नेपाली राजदूतावासमा पनि सम्पर्क गरेको बुझिएको छ ।

निजामुद्दीनमा फसेका नेपाली मुस्लिमहरु भारत सरकारको जानकारी बिना नेपाल फर्किन सफल भएको भए नेपालमा थेग्न नसकिने संक्रमण फैलाउने विभिन्न नेपाली संगठनहरुको भनाई छ । उनिहरु नेपाल सरकारको पनि जानकारी बिना कार्यक्रममा सहभागि हुन पुगेकाले यसमा नेपाल सरकारको कुन प्रकारको कारवाही हुने त्यो भने हेर्न बाँकी छ । निजामुद्दीनमा फसेका नेपाली मुस्लिमहरु प्राय गोरखा, पोखरा र बीरगंज लगायतका ठाँउका हुन ।

भारत सरकारले लकडाउनसँगै मन्दीर-मस्जीदमा प्रार्थना लगायतका भेला जस्ता कार्यक्रममा रोक लगाएको भएपनि तबलिगी जमातको सो कार्यक्रम कसरी चल्यो भन्दै कडा कारवाही गरिरहेको छ । प्रशासनले अहिले सबै सहभागीहरुलाई क्वारेन्टाइनमा राख्नुका साथै अस्पतालहरुमा भर्ना गरेको छ । यसबाहेक देशका अन्य राज्यहरुमा पनि गरिएको तबलिगी जमातको धार्मिक कार्यक्रमको खोजविन गरि सहभागिहरुको परीक्षण गर्ने कार्यक्रम गरिरहेको छ । सरकारले यस कार्यक्रममा सहभागि हुन आएका विदेशी नागरिकहरुको खोजतलाश गर्दै भीसा नियम उल्लंघन गरेको पाइए कडा कारवाही गर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...