HomeFeatureसीमा नखोल्दा अपमान सहन बाध्य स्वाभिमानी नेपालीहरु, भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहदै

सीमा नखोल्दा अपमान सहन बाध्य स्वाभिमानी नेपालीहरु, भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहदै

कञ्चनपुर, 3 अप्रेल/ हिम शाह

भारतमा लकडाउनका कारण पेट पाल्न कसैसँग मागेर खान भन्दा नेपाल गएर बस्ने भन्दै हिँडेका नेपालीहरु भारतीय सीमामै अलपत्र परेका छन । नेपाल सरकारले सीमा नखोल्दा भारतीय प्रशासन सामू घुँडा टेक्न बाध्य नेपालीहरु अहिले त्यसैकारण अपमानित हुनु परेको छ ।

कञ्चनपुरसँग सीमा जोडिएको बनबसा नाकामा  क्वारेन्टाइनमा रहेका 1 सय 15 जना नेपालीहरू अहिले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहन बाध्य भएका छन ।

कञ्चनपुरसँग सीमा जोडिएको बनबसा नाकामा 1 सय 15 जना नेपालीहरू क्‍वारेन्टाइनमा छन्। भारतको बनबसामा रहेको आँप बगैंचा नजिकको शारदा इन्टर कलेजको एकै कोठामा 30 जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्देशिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। तर भारतका सीमावर्ती सहरमा क्वारेन्टाइनमा बसेका नेपाालीहरू एकै कोठामा खाँदाखाँद बसेका छन्।

उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काम गर्ने उनीहरू भारतमा लकडाउन भएर उनिहरू काम गर्ने होटल कलकारखाना तथा उद्योग व्यवसाय बन्द भएपछि पैदलै सीमा नाकासम्म आएको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।

कैलालीको गोदावरी नगरपालिका–11 ओलानीका गणेश विकले बनबसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको  दुर्व्यवहार सहनु परेको बताए। ‘तुम्हारे नेपाल मैं हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाई उद्धृत गर्दै भने, ‘तुम लोग आपने सरकार से बोलो ना नेपाल जाने के लिए।’ भारतीय सुरक्षाकर्मीहरूको दुर्व्यवहारले हैरान भएको उनले दुखेसो पोखे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...