काठमाडौँ, 3 अप्रेल
नेपालमा कोरोना भाईरसका सातौँ संक्रमित फेला परेका छन्।कोरोनाको छैठौँ संक्रमित फेला परेको भोलिपल्ट भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराना भाईरसको संक्रमण देखिएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ। ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।









































