HomeFeatureभारतीय क्वारेन्टाइनमा नेपालीहरूको उचित व्यवस्थापन, स्वास्थ्य परीक्षणसहित खाना खुवाईंँदै

भारतीय क्वारेन्टाइनमा नेपालीहरूको उचित व्यवस्थापन, स्वास्थ्य परीक्षणसहित खाना खुवाईंँदै

बैतडी, 3 अप्रेल/ हिम शाह

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपाल –भारतमा भइरहेको लकडाउनका बीच सीमानाकामा अलपत्र परेका नेपालीहरूलाई भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन्। पश्चिम नेपालको भारतीय सीमानाकामा अलपत्र परेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला प्रमुख डा. विजय कुमार जोदण्डे नेपालीहरूलाई खाना खुवाउन आफैँ क्वारेन्टाईनमा पुग्नु भएको हो। सीमानाकामा अलपत्र परेका नेपालीलाई भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेर झुलाघाट, धारचुलाको बालुवाकोट र जोलजिवीमा राखिएको छ।

क्वारेन्टाइना राखिएका 1 हजार नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन्। लकडाउनकै बेलामा नेपाल आउन भारतका विभिन्न सहरबाट नेपाली मजदुर सीमानाका झुलाघाट र दार्चुलामा 4 दिनदेखि अलपत्र थिए। अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षणपछि सुरक्षित क्वारेन्टाइनमा राखेर भारतीय अधिकारीले खाना खुवाईरहेेको हाम्रा संवाददाता हिम शाहले जानकारी दिनुभयो।

बैतडीको झुलाघाट र धारचुलामा 1 हजार नेपाली सीमानाकामा अलपत्र परेपछि भारतीय अधिकारीहरु आफैँ खाना खुवाउन सीमानाका पुगेका छन्। नेपाल –भारत दुवै देश अहिले कोरोनासँग संयुक्त रुपमा लडिरहेका छन्। दुवै देशले सीमानाकाको गेट बन्द गरेर पूर्णतया लकडाउन गरेका छन्। यस्तो बेलामा भारतमा काम गर्न आएका नेपाली विभिन्न सहरबाट हिँडेर सीमानाकामा आएर अलपत्र परेपछि भारतीय सुरक्षाकर्मी र जिल्ला प्रमुख आफैँ सीमानाकामा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...