HomeFeatureनेपालमा कोरोना संक्रमितको संख्या बढेको छैन, हालसम्म संक्रमित केस जम्मा ५ मात्रै

नेपालमा कोरोना संक्रमितको संख्या बढेको छैन, हालसम्म संक्रमित केस जम्मा ५ मात्रै

काठमाण्डौ, 3 अप्रेल 2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गर्नुभएको हो । उहाँले विभिन्न संञ्चारमाध्यममा पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनि आएको समाचार आएको उल्लेख गर्दै उहाँले निको भएको सहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो “हालसम्म संक्रमित केस जम्मा ५ वटा हो । एउटा निको भएर गईसकेको बाहेक । निको भएको सहित ६ वटा हो । यो ५ वटामा  आइसोलेनमा उपचार भईरहको टेकूमा २ वटा , बाग्लुङमा २ वटा र धनगढीमा १ वटा हो । ”

प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नया मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुन परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले पोखराको हालसम्म कुनैपनि पोजेटिभ केस छैन । अहिले हामीले प्रदेशमा विस्तार गर्यौ । प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । संख्या यथेष्ट रुपमा गरेर पोजेटिभ नेगेटिभ को संख्याहरु आएर अन्त पनि भेरिफाई भयो भने यो सिस्टम ठिक छ भनेर भन्न सकिन्छ । यो नर्मल फेनोमेना हो । भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेण्टहरु मिल्ने कुराहरुलाई हेर्दा केही नमुनाहरु चाहीँ हामीले ‘रि’ गर्नुपर्ने हुन्छ । हाम्रो नतिजा कंक्रिड होस् भन्नका लागि हो । यो सधैभरी गर्नुपर्दैन । केही समयका लागि हुन्छ । । कुनै केस शंकास्पद भयो भने त्यहाँ पनि हुन्छ यहाँ पनि रिपिट हुन्छ । थप नमुना लिईन्छ । यो प्रोसेस भईसकेपछि मात्रै हामीले रिजल्ट प्रकाशित गर्छौ त्यो हिसाबले आजसम्म हालसम्म पोखरामा पोजेटिभ नआएको स्थिति छ । ”

प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो छैटौ केसको कन्ट्रयाक्ट टेसिङ सुरु भएको पनि उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको । प्रतिदिन सय भन्दा बढीका दरले टेकूमा नमुना परीक्षण गर्न थालिएको छ । काठमाण्डौ बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ । धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९ , सुर्खेतमा ७ र धनगढीमा ४ वटा नमुना परीक्षण गरिएको हो । सबै परीक्षण नेगेटिभ आएका छन् । बुटबलमा भने नमुना परीक्षणका लागि मेसिन जडान कार्य सुरु भईरहेको छ । भक्तपुरका खरिपाटी क्वारेन्टाईनमा रहेका सबै  ९६ जना तथा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको छ ।

कोभिड १९ को संभावित संक्रमणको आंशकामा उपत्यकामा १५  र उपत्यका बाहिर १०५ गरी मुलुकभर १ सय २० जना आइसोलेसनमा उपचारत छन् ।

मन्त्रालयको एप्समा ५ हजार ६ सय २६ जनाले आफ्नो व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये १ सय ७ जना रेड जोनमा रहेकाले उनीहरुलाई इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत सम्पर्क गरिने डाक्टर देवकोटाले बताउनुभयो । रेड जोनमा रहेकाको ट्राभल हिस्ट्री लगायत हेरेर नमुना परीक्षण गरिने छ । एप्समा भरिएको विवरण र सम्पर्क ठेगाना कतिपयको गलत भएकाले सही विवरण भरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

डाक्टर देवकोटाले पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेक अन्य विरामीलाई इमरजेन्सी सेवा बाट बञ्चित नगर्न पनि सबै अस्पताललाईलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...