धनगढी, 4 अप्रेल/ हिम शाह
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ कोरोना भाईरस संक्रमित युवकको परिवारका एक सदस्यलाई कोरोना भाईरसकै जस्तो लक्षण देखिएको छ। क्वारेन्टाईनमा राखेर घर फिर्ता भएकी कोरोना संक्रमित युवककी भाउजुलाई कोरोना भाईरसको सम्भावित लक्षण देखिएको हो। अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हाम्रा संवाददाता हिम शाहले बताउनुभएको छ।
घरपरिवारका 10 जना सदस्यको थ्रोट स्वावको नमूना संकलन गरि परिक्षणका लागि पठाईएको र आज रिर्पोट आउने सेती प्रादेशिक अस्पतालका प्रबक्ता डाक्टर जगदिश जोशीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलनमार्फत यस विषयमा विस्तृत जानकारी दिने बताइएको छ।









































