HomeFeatureनेपालमा एकैसाथ तीन जनामा कोरोना संक्रमणको पुष्टी, स्थानीयस्तरमै देखियो संक्रमण

नेपालमा एकैसाथ तीन जनामा कोरोना संक्रमणको पुष्टी, स्थानीयस्तरमै देखियो संक्रमण

काठमाडौँ, 4 अप्रेल

नेपालमा एकैसाथ तीन जनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-19) पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुई जना भने अन्य देशबाट आएका संक्रमित हुन्। योसँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या 9 पुगेको छ।

मन्त्रालय स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित 34 वर्षीय युवाकी भाउजु हुन्। यससँगै स्थानीय स्तरमै पनि कोरोना संक्रमण देखिएको हो। 34 वर्षीया महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पहिलो पटक नेपालमै बसेकोमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो।

आठौँ संक्रमित कैलालीको लम्की निवासी पुरुषमा देखिएको छ। 21 वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो।

त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका 41 वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो।

तीनै जनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ। कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च 19 मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको हो।

‘दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ’, स्रोतले भन्यो, ‘यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ।’

मार्च 19 मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका 34 वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ छन्। कैलाली र कञ्‍चनपुरका तीनै जनामा परीक्षण गर्दा शुक्रबार राति संक्रमणको पुष्टि भएको हो।

यसबाट विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमा समेत संक्रमण गराएको पुष्टि गरेको छ। परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन्।

विश्‍व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ। अहिलेसम्म नेपाल सरकारले कोरोना विदेशबाट आएकाबाट समुदायमा नसरेको जनाउँदै आएको थियो।

तर धनगढीको भेटिएको यो केस व्यक्तिबाट समुदायमा पुगेको पुष्टि भएको हो। इटालीमा पनि यसैगरी कोरोना व्यक्तिबाट समुदायमा फैलिएपछि महामारीको रुप लिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...