नयाँ दिल्ली, 4 मार्च
अखिल भारत नेपाली एकता मंचले लकडाउनका कारण समस्यामा परेका झण्डै 42 नेपाली परिवारका 139 जनालाई खाना खुवाएको छ। मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा केन्द्रीय सदस्य सूर्य रानालगायत पश्चिम दिल्लीको टोली र नेपाली तथा भारतीय स्थानीय संघ-संस्थाको पहलमा उनिहरूलाई खाना खुवाईरहेको हो। रोजगारीको सिलसिलामा भारतको विभिन्न स्थानमा पुगेका नेपाल सुदूरपश्चिमका विभिन्न जिल्लाहरू डडेल्धुरा, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला, डोटी तथा तनहू र सिरहाका झन्डै 164 परिवार कोरोना भाईरस प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेका थिए। ती मध्ये दिल्लीको पंजाबीबाग, शकूरपुर, शालीमार बाग र आजादपुर अलपत्र परेका नेपालीहरूलाई खानपिनको समस्या भएको खबर पाएपछी आज 42 परिवारका स-साना बालबालिकासहित 169 जनालाई शकरपुर र सालीमार बागमा उनिहरूको घर-घर पुगेर खाना खुवाईएको मंचका आरबी खड्काले जानकारी दिनुभयो।

उनिहरूलाई बस्ने व्यवस्था भएको तर खाने व्यवस्था नभएको युवा नेता खड्काले बताउनुभयो। अहिलेसम्म लकडाउनका कारण समस्यामा परेका 700/800 नेपालीहरूलाई अखिल भारत नेपाली एकता मंचका आरबी खडकाको नेतृत्वमा खाद्यान्नको सहयोग गरिसकिएको छ।









































