नयाँ दिल्ली, 4 मार्च
भारतमा लकडाउनका कारण खानपिनको समस्या भएका नेपालीहरुलाई प्रवासी नेपालीहरुकै प्रयासमा खाद्यान्नको सहयोग भइरहेको छ । समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न दिल्लीको लक्ष्मीनगरमा रहने नेपाली विद्यार्थीहरु पनि अगाडी आएका छन । 3 दिन अघि शास्त्रीनगरमा भाडामा बस्ने 20 जना नेपालीहरुलाई 14 अप्रेलसम्मका लागि खाद्यान्न वितरण गरेको टीम लक्ष्मीनगरले फेरि दिल्ली, लक्ष्मीनगर वरपरका १२ परिवारका नेपालीहरुलाई ५ हजार ४०४ रुपैयाँ बराबरको चामल, तेल, मसला, साबुन जस्ता दैनिक आवश्यकताका सामाग्रीहरु प्रदान गरेको छ ।



विद्यार्थी नेता सुधन महतले बताए अनुसार, केही नेपाली सीए र नेपाली विद्यार्थीहरुको सहयोगमा १२ नेपाली परिवारलाई खाद्यान्न वितरण गरिएको हो । त्यसैगरि शनिबारनै मुम्बईमा रहेको एक नेपाली परिवारलाई गुगल पे मार्फत भारु ३९०/- बराबरको तरकारी खरिदमा सहयोग गरेको पनि बताउनु भयो ।
यो बिपदका बेला भारतमा नेपालीहरु थोरै-थोरै रकम नहुँदा समस्या झेलिरहेका छन । यतिबेला पढ्न आएका विद्यार्थीहरुरो थोरै सहयोग पनि समस्यामा परेका नेपालीहरुलाई धेरै लागिरहेको महतले बताउनुभयो ।
उहाँले सहयोग गर्ने साथीहरुलाई धन्यवाद दिँदै सहयोगहरु लगातार आइरहेकोले आवश्यक परेका नेपालीहरुलाई फेरि पनि सयहोग गरि रहने बताउनुभयो ।









































