HomeFeatureसीमामा नेपालीले भोगेको पीडा बुझ्छौ तर सीमा बन्द गर्ने बाध्यताः प्रम ओली

सीमामा नेपालीले भोगेको पीडा बुझ्छौ तर सीमा बन्द गर्ने बाध्यताः प्रम ओली

काठमाडौँ, 7 अप्रेल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमामा फसेका नेपालीहरुका लागि सीमा नखोलिने संकेत गर्नुभएको छ । मंगलबार विहान देशवासीको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लकडाउन शुरु भएपछि नेपाल-भारत सीमा नजिक पुगेका नेपालीहरुले भोग्नुपरेको पीडा हामीले बुझेका छौँ । तर संक्रमणको जोखिम कम गर्न सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको भन्नुभयो । यद्दपी अहिले सीमा क्षेत्रमा क्वारीनटीनमा रहेका नेपालीहरुलाई निश्चित अवधि पुगेपछि स्वास्थ्य परीक्षण गरि स्वदेश भित्र्याइने बताउनु भएको छ ।

भारत सकरकासँग समन्यव गरी सीमापारि रहेका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेन्टीनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । सीमावारि रहेका करिव ७ सय भारतीय नागरिकहरुलाई पनि नेपाल सरकारले नै क्वारेन्टीनमा राखेको उहाँको भनाइ छ ।

उहाँले विदेशका रहेका केही नेपालीहरुको स्वास्थ्यको चिन्ता व्यक्त गर्दै नेपाली दुतावासहरु प्रवासी नेपालीहरुको समस्या समाधानका निम्ति सक्रिय रहेको बताउनुभयो।  उहाँले गैरआवसीय संघ र सामुदायिक संघहरुले पनि सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश अहिले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा रहेको जनाउँदै आउने दुई साता अझै चुनौतीपूर्ण हुने बताउनुभएको छ ।

उहाँले मानव जातिले यस्तो महारमारीको सामना गर्दै आएको र पटकपट लड्नु, धुलो टकटकाउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वाभाव भएकाले हामीले यो संकटमाथि विजयी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले फेरि एकपटक ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तो धैर्यता र साहस प्रदर्शन गर्न आह्वान गर्दै देशका नागरिकलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थामा कुनै कमी आउन नदिन, सुरक्षा प्रबन्ध व्यावस्थित राख्न र कोरोना भाइरस फैलिन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोरोना महमारी विरुद्ध सरकारले समयमै चालेका कदमले सयौं जीवन जोगिएको उहाँको भनाइ छ ।

कोरोना महामारीको संक्रमण फैलन नदिन सबै झनै सचेत बन्न आवश्यक रहेको बताउँदै उहाले -यापिड टेष्टले संक्रमित व्यक्तिहरुको थप पहिचान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लकडाउन नै कोरोना पराजित गर्ने सबैभन्दा सुरक्षित हतियार रहेको बताउँदै लकडाउनको विकल्प नरहेको प्रस्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...