HomeFeatureनेपाल-भारत मानव विकास एवम् मैत्री संघद्वारा सूदुरपश्चिम प्रदेशका चिकित्सकहरूका लागि अत्यावस्यक स्वास्थ्य...

नेपाल-भारत मानव विकास एवम् मैत्री संघद्वारा सूदुरपश्चिम प्रदेशका चिकित्सकहरूका लागि अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौँ, 9 अप्रेल

नेपाल भारत मानव विकास एवम् मैत्री संघले सूदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि 200 थान पी.पी.ई. सहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ। सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाउनु भएकी खानेपानी मन्त्री बिना मगरलाई सहरी राज्य मन्त्री रामवीर मानन्धर सहित नेपाल भारत मानव विकास एवं मैत्री संघका पदाधिकारीहरुले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ। स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो।

सहरी विकास राज्य मन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैलाई सहयोग गर्न आव्हान गर्नुभयो। संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीइ कोरोना उपचारमा उपयुक्त रहेकोले आफुहरुले सहयोग गरेको बताउनुभयो। उहाँले सहयोग गरिएका सामग्रीहरुमा मास्क, सुकभर, क्याप्स, गगल्स, फेससिल, स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...