HomeFeatureआइतबार यता गरिएका कोरोना परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएन, पाँच दिनमा 1...

आइतबार यता गरिएका कोरोना परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएन, पाँच दिनमा 1 हजार 454 जनाको परीक्षण

काठमाण्डौँ, 9 अप्रेल

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल 1 हजार 4 सय 54 जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–19) नेगेटिभ भएको पाइएको छ। गत शनिबार सम्म कुल 1 हजार 4 सय 41 परीक्षण हुँदा 9 जनामा संक्रमण देखिएको थियो। जस मध्ये 1 जनालाई निको भइसकेको छ। शनिबार एकैदिन 3 जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो। तर बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताउनुभयो। उहाँले बिहीबार सम्म कुल 2 हजार 8 सय 95 परीक्षण भइसकेको बताउनुभयो। जसमध्ये उपत्यकामा  2 हजार 3 सय 82 र उपत्यका बाहिर 5 सय 13 परीक्षण भएको छ। त्यस बाहेक आज थप 1 सय 93 परीक्षण भइरहेको उहाँले बताउनुभयो। उहाँले बिहीबार गरिएका परीक्षण सम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताउनुभयो। त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका 66 वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ।

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले ऱ्यापिड टेस्ट किट पठाएको बताउनुभयो। यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल 7 हजार 9 सय 4 जना रहेको उहाँले बताउनुभयो। प्रवक्ता देवकोटाले उपत्यकामा 18 जना र उपत्यका बाहीर 99 जना गरी कुल 1 सय 17 जना आइसोलेसनमा रहेको बताउनुभयो। बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो। उहाँले कल सेन्टरमा आएका 3 हजार 3 सय 95 जिज्ञासालाई सम्बोधन गरेको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...