HomeFeatureकोरोना महामारीका कारण भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने

कोरोना महामारीका कारण भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने

भक्तपुर, 9 अप्रेल

भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ। कोरोना भाइरस (कोभिड–19) को संक्रमणको जोखिम कम गर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ। देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो। चैत 27 गते बेलुकादेखि सुरु भएर 8 दिन 9 रात सम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ। स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ। तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले  पूर्णता समेत पाउन सकेको छैन्। गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो। रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सिमित हुने भएको छ।

करिब 2 हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो। नेपाल संवत्  7 सय 41 को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरी बनाएर जात्रा दोहोऱ्याएर निकालिएको श्रेष्ठले बताउनुभयो। त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उहाँले बताउनुभयो।

जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार रथ तानेर जात्रालाई सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले बिस्काः जात्राको स्थापना कालदेखि नै इतिहासमा फेला नपरेकाले यो नै पहिलोपटक रथ तान्न नपाउने गरी जात्रा स्थागित भएको इतिहास बन्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...