HomeFeatureभारतमा बस्दै आएका सुदूरपश्चिमका 10 जना कोरोना भाइसर (कोभिड-19) बाट संक्रमित

भारतमा बस्दै आएका सुदूरपश्चिमका 10 जना कोरोना भाइसर (कोभिड-19) बाट संक्रमित

नयाँ दिल्ली, 10 अप्रेल

भारतमा बस्दै आएका सुदूरपश्चिमका 10 जनामा कोरोना भाइसर (कोभिड-19) को संक्रमण देखिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिम बासीमा पनि संक्रमण देखिएको हो। हालसम्म भारतका दुई राज्यमा रहेका 10 जना सुदूरपश्चिम बासीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका 10 जना सदस्यमा कोरोेना संक्रमण भएको खुलेको हो।

यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका 45 वर्षीय पुरुष र उनकी 35 वर्षीया श्रीमतीमा कोभिड–19 पुष्टि भएको थियो। पहिले श्रीमतीमा कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत 12 मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। पछि स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा स्वास्थ्य परीक्षण रिपोर्टमा बझङकी ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो। स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाइरस देखिएको हो। छोराछोरीको रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ।

यस्तै भारतको मुम्बईमा एकै परिवारका 8 जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अछाम चौरपाटी गाउँपालिका–5 लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका 8 जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो। अहिले संक्रमित सबको फरक–फरक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। कोरोना संक्रमण देखिएपनि आठै जनाको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना पुष्टि भएको संक्रमितले सामाजिक संजाल फेसबुकमार्फत पनि सो कुराको बारेमा जानकारी गराएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ। भारतमा शुक्रबार विहानसम्म 227 जनाले ज्यान गुमाएका छन्। पछिल्लो 24 घण्टाको अवधिमा 49 जनाको मृत्यु भएसँगै 227 पुगेको हो। भारतमा एकैदिन 809 जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या 6 हजार 725 पुगेको छ। भारतमा संक्रमितमध्ये 625 जना उपचारपछि निको भएका छन्। 5 हजार 863 जना उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...