HomeFeatureनेजस दक्षिण क्षेत्र भारतद्वारा बेङलोरमा 21 परिवारलाई खाद्यान्न वितरण

नेजस दक्षिण क्षेत्र भारतद्वारा बेङलोरमा 21 परिवारलाई खाद्यान्न वितरण

बेङलोर, 10 अप्रेल

नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर (बेलेन्धुर शाखा) ले बेङलोरमा लकडाउनका कारण बेरोजगार भएर खानाको समस्या भएका नेपालीहरुलाई खाद्यान्न वितरण गरेको छ। भारतको कर्नाटक राज्यको राजधानी बेङलोरमा खानाको समस्या भएका नेपालीहरुलाई नेजस दक्षिण क्षेत्र भारतका अध्यक्ष दिवश शाहिको नेतृत्वमा 21 परिवारका 64 जनाका लागि राशन वितरण गरिएको हो।
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—19) नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनका कारण उनिहरू काम गर्ने होटल, व्यवसाय, उद्योग तथा कलकारखाना बन्द हुँदा उनिहरू बेरोजगार भएका हुन्। बेरोजगार भएसँगै उनिहरूमा खानाको समस्या देखिएको हो।
बेङलोरको पन्तुर एसबी स्पोर्ट नजिक बसोबास गर्ने सुदूरपश्चिमका विभिन्न स्थानका 21 परिवारका 64 सदस्यहरूका लागि राशन वितरण गरिएको नेजस दक्षिण क्षेत्र भारत अध्यक्ष दिवश शाहि बताउनुभयो। लकडाउनका कारण खाना र बस्नको समस्या भएका नेपालीहरूलाई नेजस दक्षिण क्षेत्र भारतले खाना र बस्नको व्यवस्था मिलाउँदै आएको आध्यक्ष शाहिले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...