काठमाण्डौँ, 10 अप्रेल
लक डाउनको 18 औँ दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन्। चैत 11 गतेबाट सुरु भएको लक डाउनको कारण राजधानीका सडक सुनसान छन्। अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन्। रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन्। ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ।
नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत 18 गतेसम्मका लागि पहिलो पटक लड डाउन घोषणा गरिएको थियो। सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ।
सरकारले दोस्रो पटक 25 गतेसम्मका लागि समय थप गरिएको थियो। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख 3 गतेसम्म लक डाउनको अवधि थपेको थियो। सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा 9 जनामा कोरोना संक्रमण देखिएको छ। एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने 8 जनाको उपचार भइरहेको छ।









































