कैलाली, 10 अप्रेल
मोहन्याल गतिशिल युवा समाजले सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थित गाँउपालिका “मोहन्याल”-मा मास्क तथा हात धुने साबुन वितरण गरेको छ। मोहन्याल गाँउपालिकाको लागि सामाजिक कार्य गर्ने उद्देश्य निहित स्थापना गरिएको मोहन्याल गतिशिल युवा समाजले वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) प्रकोपबाट मोहन्यालका बासिन्दाहरूलाई बचाउने उद्देश्यले वडा नम्बर 6 र 7 मा 2000 थान मास्क र 500 थान हात धुने साबुन वितरण गरेको हो। समाजले “आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ” अभियानअन्तर्गत यी सामग्री वितरण गरेको मोहन्याल गतिशिल युवा समाजका कोषाध्यक्ष गोपिराम जैसिले जानकारी दिनुभयो।


मोहन्याल गतिशिल युवा समाजले यसपटक मोहन्यालका अन्य वडाहरूमा मास्क तथा साबुन वितरण गर्न नसकिए पनि तत्काल अर्को चरणमा वडा नम्बर 1 देखि वडा नम्बर 7 मा यी सामग्री उपलब्ध गराउने बताएको छ। समाजले मास्क तथा साबुन वितरण कार्यमा सहयोग गर्ने समाजसेवी युवाहरू मनोज साँउद, केशब माझि क्षेत्रि, पदम बि.क., दिपेन्द्र शाही, सागर रावल, डिल्ली ढकाल र वडा नम्बर 7 का वडा अध्यक्ष खर प्रशाद अधिकारी, वडा नम्बर 6 का वडा अध्यक्ष टीका राम भण्डारी र महिला स्वयम् सेविकाहरू प्रति आभार व्यक्त गरेको छ।










































