नयाँ दिल्ली, 11 अप्रेल
वैश्विक चुनौतीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड-19) का कारण अहिले सम्म 1 लाख 3 हजार 506 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 17 लाख 10 हजार 148 पुगेको छ। 3 लाख 82 हजार 41 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। 12 लाख 24 हडार 601 जना उपचारार्थ छन्।
कोरोना भाइरसको वैश्विक प्रभाव हेर्ने हो भने, इटालीमा सबैभन्दा बढी 18 हजार 859 जनाको ज्यान गएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा 5 लाख 3 हजार 177 जना भेटिएका छन्। अमेरीकामा ज्यान गुमाउनेको संख्या इटालीपछि सबैभन्दा बढी 18 हजार 761 पुगेको छ। इटालीमा 1 लाख 47 हजार 577 जनामा संक्रमणको पुष्टि भएको छ। स्पेनमा अहिलेसम्म 16 हजार 353 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 61 हजार 852 पुगेको छ।
कोरोना भाइरसको उद्गम बिन्दु चीनले भने स्थिति नियन्त्रणमा लिएको छ। चीनमा संक्रमितहरूको संख्या 81 हजार 953 पुगेको छ। 3 हजार 339 जनाले ज्यान गुमाएका छन्। भने 77 हजार 525 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। चीनमा अहिले सक्रिय संक्रमितको संख्या 1 हजार 89 जना उपचारार्थ छन्।
भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढेर 7 हजार 600 पुगेको छ। 249 जनाले ज्यान गुएका छन् भने, 774 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भारतमा 6 हजार 577 जना अझै उपचारार्थ छन्।
नेपालमा भने कोरोना भाइरस संक्रमितहरूको संख्या 9 रहेको छ भने एक जना उपचारपछि ठिक भएर घर फर्किएका छन्।









































