HomeFeatureदुई साता लकडाउन बढाउने भारत सरकारको तयारी

दुई साता लकडाउन बढाउने भारत सरकारको तयारी

नयाँ दिल्ली, 11 अप्रेल

कोरोना भाइरस (कोभिड-19) बाट ज्‍यान गुमाउनेको संख्या र संक्रमित हुनेहरूको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई साता थप्ने तयारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्‍यमन्त्रीहरुसँगको करीब 4 घण्टा बसेको बैठकमा लकडाउन बढाउने तयारी गरेको दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत जानकारी दिनुभएको छ। उहाँले ट्विटरमा लेख्नुभएको छ, “प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनु भएको छ।” तर लकडाउनको घोषणा हुन भने बाँकी छ।

मुख्यमन्त्री केजरीवालले लकडाउनबारे प्रधानमन्त्री मोदी स्वयम्-ले घोषणा गर्ने भन्नुभएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्। यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्‍न राज्‍यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्। पञ्जाबमा काँग्रेस सरकार तथा ओडिसा सरकारले 30 अप्रिलसँग लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्‍यले पनि मोदीलाई कमसे कम दुई साता लकडाउन बढाउन सुझेका छन्।

प्रधानमन्त्री मोदीले शनिबार विभिन्‍न राज्‍यका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा 21 दिनपछि तेस्रो बैठक बसेर छलफल गर्नुभएको हो। बैठकमा मोदीले लगाएको आफ्नो गमछालाई नै मास्क बनाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...