HomeFeatureक्वारेन्टिनमा बसेका 4 जनालाई उपहारसहित बिदाई

क्वारेन्टिनमा बसेका 4 जनालाई उपहारसहित बिदाई

काठमाण्डौँ, 11 अप्रेल

संक्रमितसँगैका भीडमा भारतको गौरीफन्टा नाका हुँदै नेपाल आएका बागलुङ जिल्ला 4 जनालाई क्वारेन्टिनबाट उपहारसहित बिदाई गरिएको छ। जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर–4 स्थित सर्वोदय माविको क्वारेन्टिनमा रहेका 4 जनालाई जनही 1 केजी मह र प्रशंसा पत्रसहित बिदाइ गरिएको गाउँपालिकाले जनाएको छ।

भारतमा लामो समयदेखि मजदुरी गर्दै आएका उनीहरू गत चैत्र 8 गते गौरीफन्टा सीमा हुँदै आएका थिए। दुई दिन सीमामा अलपत्र परेर ठूलो संर्घषकाा बीच पाल्पा आउँदा सोही स्थानकै क्वारेन्टाइनमा राखिएको थियो। पछि उनीहरूकै आग्रहमा बरेङ गाउँपालिकाले चैत्र 16 गते आफ्नै पालिकामा ल्याएर सर्वोदय माविको क्वारेन्टिनमा राखेको थियो।

क्वारेन्टिनमा रहेका भारतबाट आएका 4 जनाको कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि अर्गानिक मह, सर्जिकल मास्क र प्रशंसापत्रसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो। उनीहरुलाई बिदाइ गरिए पनि अझ 21 दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको अध्यक्ष शर्माले बताउनुभयो।  14 दिनसम्म क्वारेन्टिनमा राखेर तीन दिनअघि घर पठाउने तयारी थियो, शर्माले भने, ‘पठाउने भनिएकै दिन भारतबाट एकै भीडमा आएका कैलालीका युवामा संक्रमण देखिएपछि हामीले फेरि बस्न भन्यौँ, अहिले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि थप सचेतता अपनाउन आग्रह सहित घर पठाएका छौँ। बरेङ गाउँपालिकाको नयाँ बजारस्थित क्वारेन्टिनमा भारतबाटै आएका अन्य 4 जना छन्। उनीहरूमध्ये तीन जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेकाले सबैलाई क्वारेन्टाइनमै राखिएको छ।

बरेङका 8 जना र संक्रमित युवतीको तेस्रो र महिलाको दोस्रो स्वाब गरी 10 जनाको स्वाव बुधबार पोखरा पठाए पनि अरु दुई जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...