सिलगढी, 11 अप्रेल/ शिला पोखरेल
गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिकी साङ्गठनिक सचिव तथा मानव अधिकारकर्मी ऋषिका छेत्रीले आज सिलगढीमा खाद्य सामग्री वितरण गरेकी छिन्। वैश्विक महामारी कोरोना भाइरस (कोभिड-19) नियन्त्रण तथा रोकथामका लागि अहिले पुरै भारत लकडाउन छ। कोरोनाविरुद्धको लडाइँमा लकडाउन सबैभन्दा उत्तम विकल्प भएपनी दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू अहिले सबैभन्दा मारमा छन्। सचिव ऋषिका छेत्रीले लकडाउनका कारण खानाको समस्या परेकाहरूलाई खाद्यान्नसहित राहत वितरण गरेकी हुन्।

उनको टोलीले आज सिलगढीको मतिगडा, दार्जीलिङ मोड अनि एयरभीउ मोडमा खाद्य सामग्री वितरण गरेको हो।

देश्भरी पालन भइरहेको कोरोना विरोधी अभियान पालन गरिरहँदा धेरै मानिसहरूलाई पैसा रुपियाँको कमीले खाद्य सामग्री नभएको समस्या देखेपछि उनिहरूलाई राहत प्रदान गरेको समाजसेवी समेत रहेकी क्षेत्रीले बताईन्। आफू पनि भारतीय भएको र समस्यामा परेका आफू जस्तै भारतीयलाई मानवताको सम्बन्धले पनि यसरी खाद्य सामग्री बाँड्न अघि बढेको उनको भनाई छ।










































