नयाँ दिल्ली, 12 अप्रेल
दिल्लीको ओखलास्थित साहीनबाग क्षेत्रमा एनआरसी आन्दोलनपछि लकडाउनका कारण दोहोरो मारमा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । कोरोना महामारीपछि लकडाउन र त्यसपछि कोरोना संक्रमण भेटिएपछि सो क्षेत्रमा राहतका लागि कोही संगठनपनि पुग्न नसकेको अवस्थामा अहिले अखिल भारत नेपाली एकता मंचका युवा नेता आरबी खड्काको नेतृत्वमा दिल्लीको ओखला साहीनबाग, जाकिर नगर जामिया, न्यू फ्रेंडस कोलोनी, गोविन्दपूरी क्षेत्रमा नेपाली नागरिक र गरीब मुस्लिम परिवार गरि ६४३ घर परिवारमा खाना वितरण गरिएको छ ।
आरबी खड्काका अनुसार, अल इंडिया यूनियन टैक्सी एसोसिएशन भारतका अध्यक्ष संजय सम्राट, सूपा देउराली टूर एण्ड ट्राभल्स नईदिल्लीका तुलाराम शर्मा, शोभाखर पन्थी, कृष्णा पौडेल, पर्बत समाज अंतरराष्ट्रिय सल्लाहकार दुबईका गोपी चन्द भुसाल, शिबपूरी धाम प्रवासी समूह कोषाध्यक्ष भारत नई दिल्ली, छबि लाल भट्टराई, देवी प्रसाद काफले सोनीपत, अखिल भारत नेपाली एकता मंचका नेता मानु श्रेष्ठ, अर्जुन दयाल, शंकर शर्मा, दिपक परियार, ऋतु लिम्बु, तूल बहादुर परिवार अटल, भरत परियार लगायत सबैको सहयोगमा खाना वितरण गरिएको हो । सो क्षेत्रमा नेपालका अछाम ,बाजूरा, बझांग, कैलाली, डडेल्धुरा,बैतड़ी, तनहुँ, चितवनलगायतका बासिन्दाको बसोबास रहेको छ ।









































