HomeFeatureसनसिटी अपार्टमेन्टका सबै 298 जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ, अहिलेसम्म कुल 15...

सनसिटी अपार्टमेन्टका सबै 298 जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ, अहिलेसम्म कुल 15 हजार 8 सय परीक्षण

काठमाण्डौँ, 15 अप्रेल

काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बुधबार आर.डी.टी. विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले 2 सय 98 जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो। मंगलबार अपार्टमेन्टमा बस्ने तीन जनामा आर.डी.टी. पोजेटिभ आएपछि थप पी.सी.आर. प्रविधिबाट गरिएको परीक्षणमा दुई जनाको नेगेटिभ देखिएको थियो। यस्तै एक जनाको बुधबार पुनः परीक्षण गर्दा समेत नेगेटिभ आएको उहाँले बताउनुभयो। पोजेटिभ देखिएका व्यक्तिहरुको सहयोगिको रुपमा काम गर्नेहरुको समेत पी.सी.आर. प्रविधिबाट परीक्षण गर्न नमुना लिइएको उहाँले बताउनुभयो।

पछिल्लो 24 घण्टामा पी.सी.आर. प्रविधिबाट गरिएका कुनैपनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता देवकोटाले बताउनुभयो। सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो  24 घण्टामा 2 हजार 8 सय 94 कुल परीक्षण गरिएको उहाँले बताउनुभयो। यस्तै बुधबारसम्म स्वाव नमुना परीक्षण (पी.सी.आर.) विधिबाट 6 हजार 8 सय 71 जनाको परीक्षण गरिएको छ। ऱ्यापिड डाइग्नोष्टिक विधि (आर.डी.टी.) बाट अहिलेसम्म 8 हजार 9 सय 29 वटा परीक्षण भएका छन्। अहिलेसम्म कुल 15 हजार 8 सय परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

यस्तै विदेशबाट आएका व्यक्तिहरुको ऱ्यापिड किटबाट परीक्षण गर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताउनुभयो। अहिलेसम्म ऱ्यापिड किटबाट परीक्षण गर्न 14 वटा जिल्ला बाँकी रहेको उहाँले बताउनुभयो। प्रदेश 1 मा 7 वटा जिल्ला, प्रदेश 2 मा 3  वटा जिल्ला, गण्डकी प्रदेशमा 1 वटा जिल्ला, प्रदेश 5 मा 1 वटा र कर्णाली प्रदेशमा 2 वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको उहाँले बताउनुभयो। बागमती प्रदेश र सूदुरपश्चिम प्रदेशका सबै जिल्लामा आर.डी.टी. विधिबाट परीक्षण गर्ने व्यवस्था भइसकेको छ। यस्तै विभिन्न ठाउँबाट ऱ्यापिड किटबाट गरिएको परीक्षणमा पोजेटिभ भएको रिपोर्ट आएको र त्यसको पी.सी.आर. प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्टलाई सार्वजनिक गरिने समेत उहाँले बताउनुभयो।

अहिले देशभर 5 हजार 6 सय 14 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा 11 र उपत्यकाबाहिर 1 सय 6 गरी कुल 1 सय 17 जना आइसोलेसनमा रहेका छन्। यस्तै कलसेन्टरमा पछिल्लो 24 घण्टामा आएका 2 हजार 6 सय 38 जनाको गुनासो सम्बोधन गरेको समेत प्रवक्ता देवकोटाले बताउनुभयो। यस्तै गत 24 घण्टामा आफ्नो स्वास्थ्यको 1 हजार 1 सय 82 जनाले स्वमुल्याङ्कन गरेको र अहिलेसम्म 17 हजार 6 सय 30 जनाले आफ्नो स्वास्थ्यको स्वमुल्याङ्कन गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...