HomeFeatureलकडाउनमा भारत सरकारको दिशा-निर्देशन, अझै केहीमा प्रतिवन्ध, कयौं काम गर्न छूट

लकडाउनमा भारत सरकारको दिशा-निर्देशन, अझै केहीमा प्रतिवन्ध, कयौं काम गर्न छूट

नयाँ दिल्ली, 15 अप्रेल

भारत सरकारले कोरोना भाईरसको प्रकोपलाई रोक्नका लागि लागू गरिएको लकडाउनको दोस्रो चरणका लागि बुधवार नयाँ दिशा-निर्देश जारी गरेको छ । दिशानिर्देशमा कुन-कुन गतिविधिलाई छूट र कुनलाई प्रतिवन्ध गरिएको छ भन्ने स्पष्य गरिएको छ ।  दोस्रो चरणको लकडाउनमा सबै प्रकारका सार्वजनिक यातायात र सार्वजनिक स्थान खुल्ला नगर्न 3 मईसम्म रोक गरिएको छ । यस दौरान बस, मेट्रो, ट्रेन, फ्लाइट, अटो, क्याब, टैक्सी आदिमा प्रतिबन्ध रहनेछ । गृह मन्त्रालयद्वारा जारी दिशा निर्देशका अनुसार, सार्वजनिक स्थानमा थुक्नु दण्डनीय अपरा भएको छ । र मदिरा, गुट्का, तम्बाकू आदिको बिक्रीमा कडा प्रतिबन्ध गरिएको छ । त्यसैगरि शैक्षिक संस्थान, कोचिङ सेन्टर, घरेलू एवं अन्तरराष्ट्रीय हवाई सेवा, ट्रेन सेवा पनि स्थगित रहनेछ । सिनेमाघर, मल, शपिङ कम्प्लेक्स, जिमखाना, खेल परिसर, स्विमिङ पूल, बार जस्ता सार्वजनिक स्थान पनि 3 मईसम्म बन्द रहनेछन । यस दैरान सम्पूर्ण सामाजिक, राजनीतिक, खेल, धार्मिक समारोह, धार्मिक स्थल, प्रार्थना स्थल पनि बन्द रहनेछन ।

के-के गर्न छूट मिल्नेछ ?
दिशा निर्देशका अनुसार, शहरी एमसीडीको क्षेत्रमा नपर्ने ग्रामीण क्षेत्रमा उद्योगलाई प्रतिवन्ध मुक्त राखिएको छ । तर त्यहाँ सामाजिक दूरी कायम राख्न भनिएको छ । त्यसैगरि खाद्य प्रसंस्करण, आईटी हार्डवेयर, कोइला उद्योग, खानी उद्योग, तेल रिफाइनरी इण्डस्ट्री, पैकेजिङ इण्डस्ट्रीऔर जूट उद्योगलाई राहत दिइएको छ । ती उद्योगहरु 20 अप्रेलदेखि काम गर्न सक्नेछन । त्यसैगरि ग्रामीण क्षेत्रमा ईटा भट्टा चलाउन पनि अनुमति दिइएको छ । सडक निर्माण, सिचाई योजना र  भवन निर्माण कार्यलाई पनि प्रतिबन्धको दायराबाट मुक्त गरिएको छ ।

मानिसहरुलाई सामाजिक दूरी र अन्य दिशानिर्देशको पालना गर्दै सबै प्रकाका स्वास्थ्य सेवालाई छूट दिइएको छ । औषधीको उत्पादन र पैकेजिङलाई अनुमति दिइएको छ । खेतीपातिलाई मुक्त राखिएको छ भने तरकारी मण्डीहरुलाई पनि छूट दिइएको छ । कृषि क्षेत्रसँग सम्बन्धित पसलहरुलाई पनि खुल्ला गर्न अनुमति दिइएको छ । कृषिसँग सम्बन्धित मशीन र पार्टपुर्जाका पसलहरुलाई पनि छूट दिइएको छ ।

नयाँ गाइडलाइन अनुसार, ग्यास, तेल,एलपीजी, पीएनजीको उत्पादन र वितरणलाई पनि छूट दिइएको छ । माछा पालन, उर्जा क्षेत्र र ग्रामीण क्षेत्रमा चल्ने मनरेगालाई पूर्ण रुपमा छूट दिइएको छ ।

योसँगै इलेक्ट्रिक, आईटी, मोटर मैकेनिक, प्लम्बर, कारपेन्टरलाई पनि छूट दिइएको छ । उनिहरु सामाजिक दूरी बनाउँदै 20 अप्रेलपछि आप्नो काम जारी राख्न सक्छन । त्यसैगरि हाइवेमा धेरै चल्ने ढाबाहरुलाई पनि छूट दिइएको छ ।

लकडाउनका क्रममा किराना पसल, फल, तरकारीका पसल, ठेला, दूधका बूथ, अण्डा, मासु र माछाका पसलहरु पनि खुल्ला रहनेछन ।

 रक्षा, अर्द्धसैन्य बल, स्वास्थ्य एवं परिवार कल्याण, आपदा प्रबन्धन, एनआईसी, एफसीआई, एनसीसी, नेहरू युवा केन्द्र र सीमाशुल्क कार्यालय जस्ता केन्द्र सरकारका विभागहरु पनि बिना रुकावट काम गर्नेछन ।

त्यसैगरि अन्य मन्त्रालय र विभाग उप सचिव र त्यसमाथिका पदका अधिकारीहरु शत प्रतिशत हाजिरीसँगै काम गर्नेछन । बाँकी अधिकारी र कर्मचारी आवश्यकता अनुसार 33 प्रतिशतसम्म उपस्थितिका साथ काम गर्न सक्नेछन ।

त्यसैगरि राज्य सरकारका कार्यालयहरु एक तिहाई स्टाफका साथ खुल्ला रहनेछन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...