काठमाण्डौँ, 16 अप्रेल
कोरोना भाइरस कोभिड-19 संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको आज 24 औँ दिन पुगेको छ। गत चैत 11 गतेबाट एक साताका लागि जारी गरिएको लकडाउन संक्रमणको जोखिम बढेसँगै पटक-पटक थपिँदै आएको छ। पछिल्लो समय सरकारले एकै पटक 12 दिन लक डाउनको अवधि बढाएर बैशाख 15 गतेसम्म पुऱ्याएको छ।
लकडाउनका कारण उपत्यका सुनसान भएको छ। अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन्। सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन आग्रह गरेको छ।
सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन्। ठाउँ-ठाउँमा चेकजाँच भइरहे पनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ।









































