HomeFeatureकोरोना भाइरस परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकतामाथि मन्त्रीहरूको जोड

कोरोना भाइरस परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकतामाथि मन्त्रीहरूको जोड

काठमाण्डौँ, 17 अप्रेल

कोरोना भाइरस (कोभिड–19) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ। समितिले शुक्रबार प्रदेशमा ऱ्यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरेको हो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिले सम्म भएका क्रियाकलापहरुको विषयमा प्रदेश सरकारहरुसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल भएको बताउनुभयो।

छलफलमा मन्त्रीहरुले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो। उहाँले प्रदेश 1 देखि सूदुरपश्चिम प्रदेससम्म सात वटै प्रदेशको स्थितिको बारेमा समिक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरुको उद्धारको विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गर्नुभएको बताउनुभयो। सचिव विडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरुलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको बताउनुभयो।

यस्तै सामग्रीहरुको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताउनुभयो। उहाँले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शुन्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई  तिब्रता दिने विषयमा समेत छलफल भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...