HomeFeatureकोरोना जितेकी युवतीको सुझाव- आत्मबल बढाउनुहोला, कोरोना भाइरसबाट बच्न मास्क, पञ्जा लगाउनुहोला

कोरोना जितेकी युवतीको सुझाव- आत्मबल बढाउनुहोला, कोरोना भाइरसबाट बच्न मास्क, पञ्जा लगाउनुहोला

काठमाण्डौँ, 18 अप्रेल

कोरोना संक्रमण देखिएकी काठमाण्डौँकी 19 वर्षीया प्रसिद्धी श्रेष्ठ कोभिड-19 संक्रमणलाई जितेर आज घर फर्किएकी छन्। यसअघि पहिलो कोरोना संक्रमित 32 वर्षका पुरूष गत माघमै निको भएर घर फर्किइसकेका थिए। विश्वमा कोरोना भाइस (कोभिड-19) को महामारी बढी रहेको छ। नेपालमा हालसम्म 30 जनामा संक्रमण देखिइसकेको छ। अहिलेसम्म 2 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भने बाँकी 28 जनाको अवस्था सामान्य रहेको छ।

19 वर्षीया प्रसिद्धी श्रेष्ठ गत चैत 9 गते कोभिड-19 को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन्। उनि शनिबार 27 दिनमा कोभिड-19 बाट पूर्णरूपमा निको भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिसचार्ज भइन्। डिसचार्ज हुँदै गर्दा उनले सञ्चारमाध्यममा आफ्नो अनुभव यसरी साझा गरिन्।

“गत चैत 4 गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिएँ। नेपाल आएर आफ्नो घरमा सेल्फ आइसोलेसनमा बसेकी थिएँ। सेल्फ आइसोलसनमा बसेको चौथो दिन भियतनामको साथीले आफु कोभिड 19 संक्रमण देखिएको बताइन्। ति साथीले भनेपछि कुनै लक्षण नदेखिए पनि परीक्षणका लागि टेकु अस्पताल आएको थिएँ। दुई दिनपछिको कोरोना परीक्षणको रिपोर्ट आउँदा मेरो रिपोर्टमा कोभिड 19 पोजेटिभ देखियो। नेपालको दोस्रो कोभिड 19 को संक्रमित म पनि भएँ। तर त्यति बेलासम्म घरमै थिएँ। मलाई लिन एम्बुलेन्स अस्पतालले पठाएको थियो। अस्पताल एम्बुलेन्समा आएँ। अस्पतालमा रहनु भएको मलाई चिकित्सक र नर्सहरुले ‘चिन्ता नलिनु केही हुँदैन’ भन्नु भएको थियो।”

“अस्पताल भर्ना भएको एक–दुई दिनपछि मात्र कोभिड 19 को लक्षण देखिन थालेको थियो। लक्षणमा श्वास-प्रश्वासमा समस्या, खोकी लाग्ने, थकाई बढी लाग्ने र पेट दुख्ने समस्या देखिएको थियो। हरेक दिन नर्स र चिकित्सकहरुले आत्मबल बढाउनुपर्छ केही हुँदैन भन्नुहुन्थ्यो।”

“म सेल्फ आइसोलेसनमा बसेको हुँदा मेरो परिवारको कोभिड परीक्षण रिपोर्ट पनि चेक भयो। त्यो सबै नेगेटिभ देखियो भने अन्य मानिसहरुमा यो सर्न पाएन। सेल्फ आइसोलेसनमा महत्वपूर्ण रहेको सबैले बुझ्नु परेको देखिन्छ।”

“यदि विदेशबाट आएको हुनुहुन्छ भने अनिवार्यमा कोभिड 19 परीक्षण गर्नुहोला भन्न चाहन्छु। अन्य संक्रमितहरुलाई अनुशासित भएर बस्नुहोला, मेरो पनि धेरै परीक्षणपछि कोभिड 19 नेगेटिभ देखिएको हो। यसको लक्षण चाहिँ मनलाई अत्याउने खाले नै हुँदो रहेछ। सबै कोभिड 19 देखिनु भएकाहरुलाई के अनुरोध गर्छु भने लक्षण बेला-बेला डरलाग्दो देखिए पनि आत्मबल बढाउनुहोला।”

“अरू बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार छु। कोभिड 19 को संक्रमितहरूलाई मैले गरेको प्लाज्माहरुले काम गरोस् भन्न चाहन्छु। आज अस्पताल भर्ना भएको 27 दिनमा अस्पतालबाट डिसचार्ज भएको छु।”

“कोरोना भाइरसबाट बच्न मास्क, पञ्जा लगाउन अनुरोध गर्दछु। म सेल्फ आइसोलेसनमा बसेको हुँदा मेरो परिवारमा फैलन पाएन। तर धेरै मानिसहरुले सरकारको आइसोलेसनमा पुग्न नपाएकाहरूलाई सकेसम्म छिटो आइसोलेसनमा राख्न अनुरोध गर्दछु।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...