दार्चुला, 19 अप्रेल/ हिम शाह
कोरोना संक्रमणका कारण नेपाल-भारत सीमा बन्द हुँदा भारतमै आमाको किरिया गर्दै गरेका युवकलाई नेपाल प्रवेश गराईएको छ। बैशाख 2 गते आमाको निधन भएपनि सीमा बन्द भएका कारण दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाका बाशुदेव भट्ट भारतको बालुवाकोटमा क्वारेन्टिनमै आमाको किरिया बस्न बाध्य भएका थिए। भारतीय प्रशासनले अनुमती दिएपछि उनलाई नेपाल ल्याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुुभयो।
नेपाली प्रशासनले आफुलाई जानकारी दिएपछि पिथौरागड जिल्ला प्रशासन, एसएसबीको कमाण्डरमार्फत भारत सरकारको गृहमन्त्रालयबाट समेत निर्णय गराउनु पर्ने भएकाले उनलाई नेपाल पठाउन बिलम्ब भएको धारचुलाका उप जिल्ला अधिकारी अनिलकुमार शुक्लाले बताउनुुभयो।









































