HomeFeatureकाठमाडौँका तरकारी बजारमा उपभोक्ताहरुको भिड, सामाजिक दूरीको बेवास्ता

काठमाडौँका तरकारी बजारमा उपभोक्ताहरुको भिड, सामाजिक दूरीको बेवास्ता

काठमाण्डौँ, 20 अप्रेल

काठमाडौँका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ। सरकारले कोरोना भाइरस (कोभिड–19) को रोकथाम तथा नियन्त्रणका लागि 25 जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ। तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ। सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरुको भिडभाड देखियो। तरकारी बाजारमा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए। सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेका थिए।

बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन्। यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिदैन्। केही व्यक्तिहरुले मास्क र पञ्जा भने लगाएको देखिन्छ। अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ। यस्तै काठमाडौंको भृकुटीमण्डप स्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भिडभाड छ। यो अस्थायी बजार भने होइन्। सरकारले करिब दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न 11 स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो।

यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्न राखेका छन्। तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भिड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...