HomeFeatureकाँग्रेस निकट दुई संगठनद्वारा भारतको गाजियाबादमा नेपालीहरूलाई खाद्यान्न वितरण

काँग्रेस निकट दुई संगठनद्वारा भारतको गाजियाबादमा नेपालीहरूलाई खाद्यान्न वितरण

नयाँ दिल्ली, 20 अप्रेल

नेपाल तरूण दल भारत र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा नेपालीहरूलाई खाद्यान्न वितरण गरेको छ। नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशी, कोषाध्यक्ष अर्जुन बोगटी र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय अध्यक्ष सुनिता कुँवरको संयुक्त पहलमा राष्ट्रिय राजधानी क्षेत्र गाजियाबादको शास्त्रीनगरमा रहेका केही नेपाली नागरिकहरूलाई खाद्यान्न लगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराईएको हो।

कोरोना भाइरस (कोभिड-19) महामारीका कारण अहिले समग्र विश्व आक्रान्त बनेको छ। यस महामारीबाट जोगिन अहिले सारा विश्वमा लकडाउनको स्थिति छ। भारतमा पनि दोस्रो पटक गरी मे 3 तारीखसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दी छ। भारतमा थपिदै गएको लकडाउनका कारण थुप्रै नेपाली नागरिकहरु अलपत्र परेका छन् साथै उनिहरूमा भोक-भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको छ। भारतमा नेपाली नागरिकले कम्तिमा पनि भोकै मर्ने स्थिति नआओस् भनेर नेपाली काँग्रेस निकटका दुवै संगठनहरू तत्परताका साथ कामा गरिरहेको तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशीले बताउनुभयो। उहाँले राहत वितरण गरेको फोटो सामाजिक सञ्जालमा साझा नगरि पिडितहरूलाई निस्वार्थ भावनाले सहयोग गर्न सबै दाताहरुलाई आग्रह गर्नुभयो।

नेपाल तरूण दल भारत र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले लकडाउन सुरू भएदेखिनै नेपालीहरूलाई सहयोग पुऱ्याउँदै आएको छ। यसअघि नेपाल तरुण दल भारतले नयाँ दिल्लीस्थित नाँग्लोई देवात र रोहिणीलगायतका विभिन्न ठाँउमा नेपाली समुदायका 50 जना नागरिकहरूलाई 15 दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...