नयाँ दिल्ली, 20 अप्रेल
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मानिसहरुलाई लकडाउनको पालना सकेसम्म गर्नुपर्ने उदहारण पेश गर्नुभएको छ । देशलाई कोरोनाबाट बचाउने अभियानमा बाधक नबन्न उहाँले बुवाको अन्तिम संस्कारमा सहभागी नहुने निर्णय गर्नुभएको हो । जानकारीका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथका बुवा आनंद सिंह बिष्टको 89 वर्षको उमेरमा सोमवार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । मुख्यमन्त्रीलाई कोभिड-19 माथि टीम-11 को बैठकका क्रममा बुवाको निधनको सूचना दिइयो तर बैठक जारी रह्यो । बैठकपछि मुख्यमन्त्रीले भन्नु भएको छ “एक भावुक पत्र लेखेर अहिले बुवाको अन्तिम संस्कारमा जान नसक्ने बताउनुभयो । उहाँले लकडाउन हटेपछि मात्रै घर जान सक्ने लेख्नुभएको थियो । पत्रमा मुख्यमन्त्रीले बुवाको निधनले शोकमा छु । उहाँ मेरो पूर्वाश्रमको जन्मदाता हुनुहुन्थ्यो । जीवनमा ईमान्दारी, कठोर परिश्रम र नि:स्वार्थ भावले संसारको मंगलका लागि कार्य गर्ने संस्कार बाल्यकालमा उहाँले मलाई दिनु भएको थियो । अन्तिम क्षणमा उनको दर्शन गर्ने ठूलो इच्छा थियो । “
उहाँले पत्रमा वैश्विक महामारी कोरोना महामारी विरुद्धको देशको लडाई र उत्तर प्रदेशको 23 करोड जनताका हितका लागि अन्तिम दर्शन गर्न नसक्ने भन्नुभएको छ । उहाँको बुवाको अन्तिम संस्कारको कार्यक्रम भोली हुनेछ ।









































