HomeFeatureलकडाउनको आज 30 औँ दिन, दैनिक जीवन प्रभावित

लकडाउनको आज 30 औँ दिन, दैनिक जीवन प्रभावित

काठमाण्डौँ, 22 अप्रेल

कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३० औं दिन। सरकारले कोरोना भाइरस (कोभिड–19) को रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेको 30 दिन पुगेको छ। सरकारले गत चैत 11 गते यता लकडाउन गरेको छ। लकडाउनबाट दैनिक जीवन प्रभावित भएको छ। कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर असर परेको छ। अत्यावस्यक काम र सेवाका लागि मात्र सडकमा आउन सरकारले पासको व्यवस्था गरेको छ। त्यसैले बुधबार पनि काठमाडौँका सडकमा अत्यावश्यक काम र सेवाका सवारी साधनहरु मात्र चलेको देखिन्छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन्। लकडाउनको पालना पूर्ण रूपमा भएको देखिन्छ। यस्तै अत्यावश्यक सामग्री खरिदका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुग्ने गरेका छन्। यस्तै अत्यावश्यक खाद्य सामग्री विक्री गर्ने पसलहरु दिउसोको समयमासमेत खुलेको देखिन्छ।

सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँचलाई कडाई गरेका छन्। चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्। ससरकारले वैशाख 15 गतेसम्म लकडाउनको समय तोकेको छ। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या 42 पुगेको छ। यस्तै 4 जनालाई निको भइसकेको छ। अहिलेसम्म 8 हजार 7 सय 73 जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ। 8 हजार 7 सय 21 जनामा कुनैपनि संक्रमण देखिएको छैन्। यस्तै पछिल्लो सम1 १ सय 7 जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...