धनगढी, 24 अप्रेल/ हिम शाह
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लकडाउनका बीच सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ।
नेवि संघले धनगढस्थित प्रदेश सभाको भवन अगाडि केहीबेर प्रदर्शन गरेको हो। नेवि संघ कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा दश मिनेट प्ले कार्ड लिएर मौन धर्ना दिएका हुन्।
केन्द्रीय समितिको देशभरको सर्कुलर अनुसार कैलालीमा पनि प्रर्दशन गरिएको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्वर ५ का सभापति गजेन्द्र बिक्रम शाहीले बताउनुभयो।
विश्व कोरोनासंग संर्घष गरिहेको बेला जनताको जीवन रक्षामा केन्द्रित हुनुपर्नेमा नेपल सरकार भने सत्ताको आडमा कुर्सी जोगाउन तिर केन्द्रीत भएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य बिनय लामाले बताउनुभयो।
कोरोनाको संक्रमणबाट जोगिन सरकारले घोषणा लकडाउनको पुर्ण रुपमा पालना गर्दै सांकेतिक विरोधमा उत्रेको नेविसंघले जनाएको छ ।
सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै लोकतन्त्रलाई अप्ठ्यारोमा पार्ने गरी ल्याइएको अध्यादेशको विरोधमा जस्तो सुकै संघर्षमा उत्रने समेत नेविसंघ कैलाली क्षेत्र नम्बर ५ का सभापति शाहीले बताउनुभएको छ।









































