HomeFeatureलकडाउनको समयमा पनि मृगौला रोगीहरूलाई डायलासिस सेवा

लकडाउनको समयमा पनि मृगौला रोगीहरूलाई डायलासिस सेवा

काठमाण्डौँ, 24 अप्रेल

भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका बिरामीलाई सेवा दिइरहेको  छ। लकडाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ। 30 वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक 75 जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन्।  दैनिक 3 सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ। अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन्। लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो। तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिनुभयो।

केन्द्रमा डाइलासिस गराउने प्रतिक्षा सूचीमा भने एक सय 87 बिरामीहरु रहेको अस्पतालले जनाएको छ। केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लक डाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो। केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन्। दिनमा पाँचदेखि सातजनासम्म आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। केन्द्रमा मृगौला तथा कलेजो प्रत्यरोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मृगौला बिरामीहरु प्रभावित हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...