HomeFeatureसनराईज बैंकद्वारा विभिन्न अस्पतालहरूलाई पीपीई हस्तान्तरण

सनराईज बैंकद्वारा विभिन्न अस्पतालहरूलाई पीपीई हस्तान्तरण

काठमाण्डौँ, 29 अप्रेल

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंकले विभिन्न अस्पतालहरुमा पीपीई उपलब्ध गराएको छ। पहिलो पङ्क्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पीपीई उपलब्ध गराएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुवै अस्पताललाई 12/12 थान पीपीई उपलब्ध गराइएको बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पीपीई उपलब्ध गराईरहेको उहाँले बताउनुभयो।

पीपीई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पङ्क्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पीपीई महत्वपूर्ण भएको बताउनुभयो। अस्पतालको कार्डियोलोजी विभागका निर्देशकसमेत रहनुभएका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पीपीई बिना उपचार सम्भव नभएको बताउनुभयो। महामारीको समयमा बैंकले पीपीई उपलब्ध गराएकोमा उहाँले बैंकलाई धन्यवाद समेत दिनुभयो।

कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ। अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...