HomeFeatureकोरोना परीक्षणको दायरा विस्तार गर्न सरकारलाई विधायन समितिको निर्देशन

कोरोना परीक्षणको दायरा विस्तार गर्न सरकारलाई विधायन समितिको निर्देशन

काठमाण्डौँ, 1 मे

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड-19) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एक जनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। लकडाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताउनुभयो।

समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। यस्तै स्थानीय स्तरमा उत्पादन हुने फलफुल, तरकारी, दुध जस्ता पदार्थलाई खरिद गरी, निश्चित समय र स्थान निर्धारण गरी विक्रि वितरणका लागि स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ। कुनै पनि काम गर्दा जनविश्वासलाई मध्यनजर पारदर्शी तवरले सञ्चालन गरी विपदका समयमा जनआस्था आर्जन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। जनप्रतिनिधि र कर्मचारी तथा यसमा संलग्न सबैलाई उच्च सम्मान र प्राथमिकताका साथ उनीहरुको पारिवारिक सुरक्षाको प्रतिवन्ध मिलाउन र उच्च मनोबल कायम गर्नका लागि समुचित व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको सभापति गुरुङले बताउनुभयो।

समितिले लक डाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको  छ । लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...